नेपाली कांग्रेसका नेता पूर्वऊर्जामन्त्री दीपक खड्कामाथि अनुसन्धान गर्न थप ७ दिनको म्याद दिइएको छ । उनीमाथि सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धान भइरहेको छ । चैत १५ गते पक्राउ परेका उनलाई आज दोस्रोपटक म्याद थप गरिएको हो । यसअघि काठमाडौं जिल्ला अदालतले ७ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।
पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री खड्कालाई भदौ २४ गतेको जेनजी आन्दोलनमा उनको घरमा बरामद भएको रकमको अनुसन्धान गर्न नियन्त्रणमा लिइएको गृहमन्त्री सुधन गुरुङले नै बताएका थिए ।