शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवालविरुद्ध ५ दिन म्याद थप गरिएको छ । जिल्ला अदालत काठमाडौंले उनीविरुद्ध ५ दिन म्याद थप गरेको हो ।
उनलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा आइतबार पक्राउ गरिएको थियो ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा अग्रवालविरुद्ध अनुसन्धान भइरहेको छ । अग्रवाल २०७६ सालमा पनि ज्वरो नाप्ने थर्मल गन महँगो मूल्यमा बेच्न खोजेको आरोपमा पक्राउ परेका थिए । उनलाई पछि विभागले तारेखमा छाडेको थियो ।यसअघि शुक्रबार नै शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पनि पक्राउ परेका थिए । उनलाई भने बयान सकेर छोडिएको छ ।