शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल बयान पछि छुटेका छन्।
शुक्रबारदेखि उनी सम्पत्ति शुद्धीकरण प्रकरणमा नियन्त्रणमा थिए।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनलाई रिहा गर्ने निर्णय गरेको हो ।
सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा अनुसन्धान गर्न शुक्रवार राति विभागले उनलाई नियन्त्रणमा लिएको थियो । अग्रवाल व्यावसायिक घराना शंकर ग्रुपका अध्यक्ष हुन् ।