Breaking
September 18, 2024

मेटमणि चौधरीमाथि देशद्रोहको मुद्दा लगाउनुपर्छ : सूर्यप्रसाद ढकाल

काठमाडौँ । नेकपा एमालेका सांसद सूर्यप्रसाद ढकालले पूर्वमन्त्री तथा एकीकृत समाजवादीका उपाध्यक्ष मेटमणि चौधरीलाई देशद्रोहको मुद्दा लगाउन सभामुखको ध्यानाकर्षण गराएका छन् । सोमबार संसदमा बोल्दै उनले चौधरीको अभिव्यक्ति संविधानविरित तथा राष्ट्रघात भएकाले मुद्दा चलाउन आग्रह गरेका हुन् ।

‘कालापानी नेपालको भू–भाग होइन भनेर दिएका एकजना पूर्वमन्त्री तथा पार्टीका पदाधिकारीबाट कालापानी क्षेत्र नेपालको होइन भारतको दाबी पुग्छ भनेर अभिव्यक्ति दिनुभएको छ । उहाँको अभिव्यक्ति संविधानविपरित गम्भीर राष्ट्रघात भएको छ । उहाँलाई तत्काल देशद्रोहको मुद्दा लगाउन म सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु’, उनले भने ।  

ढकालले चौधरीको नाम किटेरै संसदमा नबोलेपनि उनलाई नै लक्षित गरेर यस्तो अभिव्यक्ति दिएका हुन् । कालापानी नेपालको भू–भाग होइन भनेर अभिव्यक्ति दिएको भन्दै उनलाई पार्टीले समेत स्पष्टीकरण सोधेको थियो । 

Share the Post

सम्बन्धित खबरहरु..

Leave a Reply

Your email address will not be published. Required fields are marked *