Breaking
September 18, 2024

बैंकिङ प्रणालीमा भएको १ खर्ब तान्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीमा भएको १ खर्ब रुपैयाँ तान्ने भएको छ । प्रणालीमा अत्यधिक निक्षेप भएको र कर्जाको माग सुस्त भएपछि राष्ट्र बैंकले लगातार बजारको पैसा खिचिरहेको छ । 

गएको बिहीबार मात्रै राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ खिचेको थियो ।  निक्षेप संकलनको उपकरण प्रयोग गरेर बोलकबोलमार्फत आज फेरि केन्द्रीय बैंकले १ खर्ब रुपैयाँ तान्न लागेको हो । यसमा बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ राख्न सक्नेछन् ।  यो रकमको साँवा तथा ब्याज भुक्तानी असोज २० गते गर्ने राष्ट्र बैंकले जनाएको छ ।

यसमा वित्तीय संस्थाले आफूले राख्न चाहेको पैसा र ब्याजदरसमेत उल्लेख गर्नुपर्नेछ । बोलकबोलमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था सहभागी हुन पाउनेछन् ।

Share the Post

सम्बन्धित खबरहरु..

Leave a Reply

Your email address will not be published. Required fields are marked *