खोजि गर्नुहोस..

शर्मा पक्राउ

Share our news

नेकपा एमालेकी नेता तथा पूर्व प्रदेश सांसद रेखा शर्मा पक्राउ परेकी छन् । उनलाई बालिकालाई घरमा बन्धक बनाई यातना दिएको मुद्दामा पक्राउ गरिएको हो । माठमाडौं महानगरपालिकाले शर्माको घबाट ती बालिकालाई उद्धार गरेको थियो । त्यसपछि शर्मामाथि मुद्दा चलाउन खोज्दा ततत्कालिन ओली सरकारले शर्मालाई उन्मुक्ति दिएको थियो । त्यो समयमा काठमाडौं महानगरपालिकाका मेयर रहेका बालेन शाहले यसको चर्को बिरोध गरेका थिए । बालेनले दुई बर्षअघि सामाजिक सञ्जालमा माफी माग्दै लेखेका थिए–‘सरी नानु, तिम्रा पिडककाविरूद्धमा मुद्दा नचल्ने बनाएछ सरकारले। नआत्तिनु। समय आउँनेछ। यस्तै विभेद, अपराध मास्न अनि ति कुकर्म गर्नेहरूलाई तह लगाउन तिमी र तिमी जस्तै धेरै नानीबाबुले पढ्न पर्छ। समाज बुझ्न पर्छ।’बालेन सत्तामा आउने बित्तिकै पहिले सत्ता र शक्तिको बलमा उन्मिुक्ति पाएकी शर्मालाई पक्राउ गरिएको हो ।