खोजि गर्नुहोस..

ओली र लेखकलाई पाँच दिन हिरासतमा राख्न अनुमति

Share our news

पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पाँच दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ । जिल्ला अदालतका न्यायाधिश आनन्द श्रेष्ठको एकल ईजलासले यस्तो अनुमति दिएको हो । सरकारले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्यन गर्ने निर्णय गरेसँगै ओली र लेखक पक्राउ परेका थिए । ओलीका तर्फबाट श्रीमति राधिका शाक्यले गैरन्यायीक हिसासतमा राखिएको भन्दै सर्वोच्च अदालतमा वन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएकी छन् । ओलीको बन्दी प्रत्यक्षीकरणको रिटमा सोमबार सुनुवाई हुने भएको छ ।