खोजि गर्नुहोस..

काम गर्न नसक्ने सचिवलाई राजिनामा दिन बालेनको निर्देशन

Share our news

प्रधानमन्त्री बालेन शाहले सचिवहरुलाई निर्देशन दिदै सरकारको स्पिड र स्पिरिड अनुसार काम गर्न भनेका छन् । साथै उनले अहिलेको सरकारको स्पिड र स्पिरिड अनुसार काम गर्न नसक्ने सचिवहरुलाई मार्ग प्रसस्त गर्न अर्थात राजिनामा दिएर विदा हुन सुझाव दिएका छन् । यतिमात्रै हैन बालेनले आफ्ना मन्त्रीहरुलाई ऐन नियम पढाएर वा अन्य कुनै वहाना गरेर काम नगर्ने वा कामबाट पन्छिने छुट समेत कसैलाई नभएको बताएका छन् । प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भएको संक्षिप्त संवादमा प्रधानमन्त्री बालेनले सचिवहरुलाई यस्तो निर्देशन दिएका हुन् ।