खोजि गर्नुहोस..

बालेनको चेतावनी, गगनको जवाफ!

Share our news


नेपालको राजनीतिमा प्रधानमन्त्री बालेन्द्र शाह र नेपाली कांग्रेसका सभापति गगन थापाका सामाजिक सञ्जालमा सार्वजनिक भएका दुई स्टाटसले अहिले राजनीतिक वृत्तमा चासो बढाएको छ।
प्रधानमन्त्री बालेन शाहले आफ्नो फेसबुकमा लेखेका छन्, “सही समय आएपछि, सबैको गलत समय आउँछ। एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ!”

यता नेपाली कांग्रेसका सभापति गगन थापाले पनि फेसबुकमार्फत लेखेका छन्, “अहिले ठीक १८:०० बजेको छ। तर्साउने धेरै आए, तर्सिने बानी परेन।”
दुवै नेताका यी अभिव्यक्तिलाई सामाजिक सञ्जालमा विभिन्न राजनीतिक अर्थ लगाउँदै चर्चा गर्न थालिएको छ।
बालेनको स्टाटसमा देखिएको चेतावनीपूर्ण भाषा र गगनको स्टाटसमा देखिएको नडराउने सन्देशलाई कतिपयले राजनीतिक शक्ति प्रदर्शन र एकअर्काप्रतिको अप्रत्यक्ष सन्देशका रूपमा समेत व्याख्या गरिरहेका छन्।

यद्यपि, यी दुई स्टाटस एकअर्कालाई लक्षित गरेर लेखिएका हुन् भन्ने आधिकारिक पुष्टि भएको छैन।