खोजि गर्नुहोस..

जापानका लागि प्रस्तावित राजदूत थापाको नाम फिर्ता

Share our news

काठमाडौं । जापानका लागि प्रस्तावित राजदूत जीज्ञान कुमार थापाले आफ्‌नो नाम फिर्ता लिएका छन् ।

‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’का कारण समितिको बैठकमा समिति सभापति बोध नारायण श्रेष्ठले प्रस्तावित राजदूत थापाले नाम फिर्ता लिएको सुनाए । 

थापाले संसदीय सुनुवाइ समितिमा पत्र पठाउँदै आफूले नाम फिर्ता लिएको सभापति श्रेष्ठले बैठकमा जानकारी गराएका हुन् । 

सोमबार बसेको सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिको बैठकले जापानका लागि प्रस्तावित राजदूत थापाको सम्बन्धमा छलफल हुँदा फिर्ता लिएको कुरा जानकारी गराइएको हो । 

२०८३ असोज २८ गते प्रस्तावित राजदूतको संसदीय सुनुवाइ भएको थियो । नियुक्तिका लागि सिफारिस १३ मध्ये १० राजदूतको नाम मात्र संसदीय सुनुवाइ समितिले सो दिन अनुमोदन गरेको थियो ।