खोजि गर्नुहोस..

सभामुखबाट छानबिन समितिको प्रतिवेदन आवश्यक कार्यान्वयनका लागि संघीय संसद् सचिवालयलाई प्राप्त

Share our news

काठमाडौं। प्रतिनिधिसभाको गत जेठ १७ गतेको बैठकमा उत्पन्न परिस्थितिसम्बन्धी छानबिन समितिको प्रतिवेदन आवश्यक कार्यान्वयनका लागि संघीय संसद् सचिवालयलाई प्राप्त भएको छ ।

संघीय संसद् सचिवालयले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभाको २)८३ जेठ १७ गते बसेको बैठकमा उत्पन्न परिस्थितिबारे सभामुखलाई प्राप्त जानकारी र जेठ १८ गते तयार गरिएको मुचुल्काका आधारमा थप जाँचबुझ गर्न समिति गठन गरेको थियो । 

प्रतिनिधिसभाको जेठ १८ गतेको बैठकमा सभामुखले प्रतिनिधिसभाका सचिव प्रकाश अधिकारीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेका थिए । समितिमा संघीय संसद् सचिवालयको आन्तरिक सेवा तथा योजना व्यवस्थापन महाशाखाका प्रमुख तथा प्रविधि व्यवस्थापन महाशाखाका प्रमुख सदस्य रहेका थिए ।

समितिलाई घटनाबारे आवश्यक थप अनुसन्धान गरी सात दिनभित्र सभामुखसमक्ष प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको थियो ।

समितिले जेठ २५ गते सभामुखसमक्ष आफ्नो प्रतिवेदन पेश गरिसकेको विज्ञप्तिमा उल्लेख छ ।