सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई सम्माननीय प्रधानमन्त्रीज्यूको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारीमा खटाउने निर्णय गरेको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो।
साथै, बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोज कुमार केसीलाई आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको छ।