खोजि गर्नुहोस..

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ५८५ जनालाई कारबाही

Share our news

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ५८५ सयवटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

मंगलबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ३३, सिसिटिभिमार्फत ७०, रातोबत्तीमा ५४ जना चालकलाई कारबाही गरिएको छ । 

यसैगरी, तीव्रगतिमा २८, हर्न निषेधमा ११, लेन क्रसमा १९, अवस्था ठिक नभएको १३, एकतर्फीमा ११ र अन्यमा ३४६ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।