खोजि गर्नुहोस..

देउवा–कोइराला समूहको केन्द्रीय कार्यसमिति बैठक बस्दै

Share our news

नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा र डा शेखर कोइराला समूहकाे केन्द्रीय कार्यसमिति बैठक आज बस्ने भएको छ । धुम्बाराहीकाे एक होटलमा १४ औँ महाधिवेशनबाट आएको केन्द्रीय समिति बैठक आह्वान भएको हो ।

बैठकमा समसामयिक राजनीति र सर्वोच्च अदालतमा आफूहरूले दायर गरेको रिटबारे छलफल हुने

गत पुसमा भएको विशेष महाधिवेशनले चयन गरेको नयाँ नेतृत्वलाई निर्वाचन आयोगले आधिकारिकता दिएपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको देउवा–शेखर समूहले समानान्तर गतिविधि सुरु गरेको हो । पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि कार्यवाहक सभापतिको हैसियतमा वक्तव्य जारी गरेर खड्काले समानान्तर गतिविधि सुरु गरेका थिए ।