नेपाली कांग्रेसको देउवा समूह सक्रियता बढाउँदैछ । विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई स्विकार नगरेको सो समूहले केन्द्रीय समिति बैठक बोलाएको छ । मंगलबार ार बुधबार दुई दिन बस्नेगरी खड्काले बैठक आह्वान गरेका हुन् । यति मात्रै होइन शेखर कोइराला र पूर्णबहादुर खड्काको समूहले नवनिर्वाचित सांसदहरुलाई बधाई तथा शुभकामना दिने कार्यक्रम समेत आयोजना गरिदैछ । यससँगै नेपाली कांग्रेसभित्रको विवाद थप चर्किदै गएको छ । निर्वाचनअघि निर्वाचन आयोगले गगन नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिएको थियो । त्यसपछि देउवा समूहका नेताहरु समेत गगनकै सिफारिसमा उम्मेदवार बनेर निर्वाचनमा सहभागी भएका थिए । देउवा समूहले १४ औं महाधिवेशनको कार्यसमितिलाई नै आधिकारिकता दिन माग गरी दायर गरेको रिट निवेनद अहिले पनि सर्वोच्च अदालतमा विचाराधिन छ ।