February 6, 2025

एचपिभी खोप अभियान सुरु हुँदै, १७ लाख किशोरीलाई खोप लगाइने

काठमाडौं । देशभरि पाठेघरको मुखको क्यान्सरविरुद्ध ह्युमन प्यापिलोमा भाइरस (एचपिभी)खोप अभियानको संचालन हुँदैछ । 

यही माघ २२ देखि फाल्गुन ६ गतेसम्म देशैभरि संचालन हुने अभियानको शुभारम्भ आज शिवपुरी उच्च माध्यामिक विद्यालय,महाराजगंज,काठमाडौंबाट हुने भएको हो । 

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख अभिभावकत्व तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको सभापतित्वमा उक्तm खोप अभियानको शुभारम्भ कार्यक्रम हुन लागेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर करिब १७ लाख किशोरीलाई खोप दिन लागिएको हो । अभियानमा १६ लाख ८८ हजार सात सय ६८ जना किशोरीलाई खोप दिइने लक्ष्य सरकारले राखेको छ ।

विद्यालयमा अध्ययन गर्ने कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका किशोरीलाई खोप दिन लागिएको हो ।

उमेर समूहका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ह्युमन प्यापिलोमा भाइरस (एचपिभी)खोप दिन लागिएकाले अभियानमा सहभागि हुन मन्त्रालयले आग्रह गरेको छ ।

सम्बन्धित खबरहरु..

Leave a Reply

Your email address will not be published. Required fields are marked *