Breaking
June 17, 2025

दसैँको समयमा फोन अफ नगर्नु होला : मन्त्री यादव

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले दसैँ लगायतका चाडपर्वका समयमा खानेपानीका विषयमा अत्यावश्यक काम पर्न सक्ने भएकाले कुनै पनि कर्मचारीलाई आफूसँग भएको मोबाइल फोन अफ नगर्न निर्देशन दिएका छन् ।

आज मन्त्रालयमा आयोजना गरिएको वडा दसैँको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै मन्त्री यादवले काठमाडौँ उपत्यकामा खानेपानीका विषयमा नागरिकहरूका विभिन्न समस्या आउन सक्ने तथा अन्य अत्यावश्यक काम पर्न सक्ने भएकाले आफूसँग भएको मोबाइल अफ नगर्न निर्देशन दिए । उनले भने, “हामी जनताका सेवक हौँ, मानिसलाई पानी नभई नहुने चिज हो । चाडपर्वका बेला पानीका विषयमा समस्या आउन सक्छन्, मोबाइल अफ नगर्नु होला ।” 

उक्त शुभकामना आदान प्रदान कार्यक्रममा मन्त्रालयका सचिव ई प्रमिलादेवी शाक्य बज्राचार्य, मन्त्रालयका सहसचिव, विभागका, केयुकेएलका प्रमुख लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित खबरहरु..

Leave a Reply

Your email address will not be published. Required fields are marked *