Breaking
November 4, 2024

सुनचाँदी धितोमा दिइने ऋणमा राष्ट्र बैंकले तोक्यो सीमा

काठमाडौँ । सुनचाँदी धितो राखेर प्रवाह हुने ऋणमा कडाइ गरिएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । संशोधित व्यवस्था अनुसार एउटै ग्राहकका नाममा ५० लाख रुपैयाँ भन्दा धेरैको सुनचाँदी कर्जा प्रवाह गर्न पाइँदैन ।

यसअघि यसमा कुनै सीमा कायम गरिएको थिएन । यदि कुनै व्यक्तिको नाममा सोभन्दा धेरैको कर्जा प्रवाह भएको रहेछ भने पनि २०८३ असार मसान्तसम्म सो सीमाभित्र ल्याइसक्न राष्ट्र बैंकले निर्देशन दिएको छ ।

Share the Post

सम्बन्धित खबरहरु..

Leave a Reply

Your email address will not be published. Required fields are marked *