Breaking
January 1, 2026

जेनजी युवाहरुबीचको विवादका कारण राष्ट्रपतिसँगको छलफल अनिश्चित


काठमाडौं । जेनजी प्रतिनिधिहरुसँग राष्ट्रपति रामचन्द्र पौडेलको छलफल अनिश्चित भएको छ ।
सोमबार राष्ट्रपति पौडेल र जेनजीहरुबीच हुने भनिएको वार्ता अनिश्चित भएको हो ।
शनिबार वार्ता कार्यक्रम राष्ट्रपति पौडेलको स्वास्थ्यमा समस्या आएपछि वार्ता आज(सोमबार)का लागि सारिएको थियो । तर, जेनजी युवाहरुबीच नेतृत्वको विषयमा विवाद हुँदा वार्ता एवम छलफल अनिश्चित बनेको छ ।
शनिबार सरकारले छानेका जेनजी प्रतिनिधिहरुप्रति केही युवाहरु असन्तुष्ट भई नाराबाजी गरेका थिए तर सरकारमा कसलाई पठाउने भन्नेबारे उनीहरुबीच विवाद टुङगिन सकेको छैन ।
प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयका अनुसार जेनजीहरुबीचको विवाद नमिल्दा छलफल आजका लागि स्थगित गरिएको छ ।

सम्बन्धित खबरहरु..

Leave a Reply

Your email address will not be published. Required fields are marked *