हिन्दू धर्मावलम्बीहरूले श्रद्धा र भक्तिभावका साथ मनाउने निर्जला एकादशीका अवसरमा बिहीबार बुढानीलकण्ठ मन्दिरमा भक्तजनहरूको भीड लागेको छ। बिहानैदेखि पूजाअर्चना, दर्शन तथा व्रत पालनका लागि देशका विभिन्न स्थानबाट आएका श्रद्धालुहरू मन्दिर परिसरमा पुगेका हुन्। भगवान् विष्णुको शयनरूप मानिने बुढानीलकण्ठ नारायणको दर्शन गर्न भक्तजनहरू भीड लागेको हो ।