खोजि गर्नुहोस..

लिपुलेक सीमा विवादबारे सरकारले भन्यो भारतलाई कूटनीतिक नोट पठाइसक्यौँ, चाँडै वार्ता हुन्छ

Share our news

सरकारले सीमा समस्या समाधान गर्नको लागि भारतसँग कूटनीतिक संवादबारे पनि सरकारले आवश्यक प्रक्रिया अघि बढाइसकेको जनाएको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्ता सस्मित पोखरेल परराष्ट्र मन्त्रालयले भारत सरकारलाई कूटनीतिक नोट पठाइसकेको बताए।

दुई देशबीच संवाद सुरु भइसकेको र परराष्ट्र मन्त्रालयले आवश्यक काम कारबाही अगाडि बढाइरहेको बताए। उनले भने, ‘डिप्लोमेटिक नोट अनुसार दुई देशबीच संवाद भइरहेको छ। वार्ता हुन्छ।’