खोजि गर्नुहोस..

डा.मनोज शर्मा प्रधान न्यायाधीश नियुक्त काङ्ग्रेस र राष्ट्रिय सभा अध्यक्षको बिरोध

Share our news

प्रधानमन्त्री बालेन शाहले वरिष्ठताक्रम मिचेर प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्माको नाम सिफारिस गरेपछि संवैधानिक परिषद्‌मा प्रमुख विपक्षी दलका नेता भिष्मराज आङदेम्बेले दुई पेज लिखित असहमति राखेका छन् त्यस्तै राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल ले दुई लाइन मा आफ्नो असहमति राखेका छन् ।
प्रधानमन्त्रीले क्षमता र योग्यताका हिसाबले शर्मालाई नियुक्त गर्नुपर्ने भन्दै बैठकमा प्रस्ताव गरेका थिए । उक्त प्रस्तावले प्रधानन्यायाधीश नियुक्तिको परम्परा र वरिष्ठताक्रम मिचिएको भन्दै उनीहरूले फरक मत राखेका हुन् ।
प्रतिपक्षी र राष्ट्रिय सभाको अध्यक्षको रुपमा हाम्रो फरक मत रह्यो राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले सेरोफेरो संग भने, विधि प्रक्रिया मिचेर प्रधान न्यायाधीश नियुक्ति गर्ने प्रस्ताव आएकाले सहमति जनाउन सकिएन ।